स्वतन्त्र आदिवासी महिला सांसदलाई दुर्व्यवहार गरेको आरोप लागेका अष्ट्रेलियाली सांसद निलम्बित – Nepal Press

स्वतन्त्र आदिवासी महिला सांसदलाई दुर्व्यवहार गरेको आरोप लागेका अष्ट्रेलियाली सांसद निलम्बित

काठमाडौं । अष्ट्रेलियाको प्रतिपक्षी दल लिबरल पार्टीका सांसद डेभिड भानलाई पार्टीले सदनबाट निलम्बन गरेको छ ।

स्वतन्त्र सांसद लिडिआ आल्मा थोर्पेलाई अभद्र व्यवहार गरेको, असिस्ट टिप्पणी गरेको र जबर्जस्त स्पर्स गरेको आरोप भानलाई बुधबार लागेको थियो ।

बिहीबार लिडिया थोर्पेले सदनमा एक भावुक सम्बोधन गर्दै अष्ट्रेलियाको सदन महिलालाई असुरक्षित भएको बताएकी थिइन् । लिबरल पार्टीका नेता पिटर डोटनले आरोपित सांसद सदन नआउने भन्दै निलम्बनको जानकारी दिएका थिए ।

१५१ सदस्य अष्ट्रेलियाको सदनमा लिबरल पार्टीका २७ सांसद छन् । दुर्व्यवहारमा परेकी स्वतन्त्र सांसद सन २०२० मा भिक्टोरियाबाट निर्वाचित लिदिआ आल्मा थोर्पे उक्त राज्य कि प्रथम आदिवासी सांसद हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *