सेवा सुविधाका लागि दबाब दिँदै सामुदायिक विद्यालयका कर्मचारीद्वारा थाल ठटाएर विरोध (तस्बिरहरू/भिडिओ) – Nepal Press

सेवा सुविधाका लागि दबाब दिँदै सामुदायिक विद्यालयका कर्मचारीद्वारा थाल ठटाएर विरोध (तस्बिरहरू/भिडिओ)

काठमाडौं । सेवा सुविधाका लागि दबाब दिँदै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले नयाँ बानेश्वरमा थाल ठटाएर विरोध गरेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको लागि दबाब दिँदै आज बिहान नयाँ बानेश्वरमा खाली थाल बजाएर विरोध गरेका हुन् ।

कर्मचारीहरुको विषयमा सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको समितिले जनाएको छ । उनीहरुले थाल बजाएर विरोध गरेपछि कोणसभा गरेको थियो ।उक्त सम्बोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

गत भदौ १ गते गरेको आन्दोलन र पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल नेतृत्वमा मन्त्रिस्तरीय निर्णय भएको विद्यालयको दुई तहको कर्मचारीको सहायक लेखापाल र विद्यालय सहयोगीलाई नेपाल सरकारको निजामति सरहको खरदार र कार्यालय सहयोगी सरहको सेवा सुविधा दिने नीतिगत निर्णय गरिसक्दा पनि अर्थमन्त्रालयले अझै आनाकारी गरेको भनेर शिक्षा मन्त्रायलबाट त्यस्तो उत्तर आएकाले आन्दोलन गर्नुपरेको समितिका केन्द्रीय अध्यक्ष ग‌ंगाराम तिवारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर