सामाजिक सञ्जालमा नाबालिकसँग अश्लील भिडियो च्याट, स्क्रिन रेकर्ड गरेर ब्ल्याकमेलिङ – Nepal Press

सामाजिक सञ्जालमा नाबालिकसँग अश्लील भिडियो च्याट, स्क्रिन रेकर्ड गरेर ब्ल्याकमेलिङ

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकसँग अश्लील भिडियो च्याट गर्दै स्क्रिन रेकर्ड गरी ब्ल्याकमेल गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले पोखरा महानगरपालिका- १९ पुरनचौरका २१ वर्षीय मनिष भुजेललाई पक्राउ गरेको छ । उनीमाथि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ब्युरोका अनुसार भुजेलले स्न्यापच्याटमार्फत ती नाबालिकसँग भएका अश्लील भिडियो च्याटका आधारमा पछि ब्ल्याकमेल गरेका थिए । आफूले भनेअनुसार किशोरीले गर्न नमानेपछि भुजेलले भिडियो देखाएर मानसिक तनाव दिएको आरोप लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *