मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा, सरकारद्वारा बेवास्ता – Nepal Press

मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा, सरकारद्वारा बेवास्ता

काठमाडौं । मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा बसेका छन् । काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन ।

पटक पटक वार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन् ।

सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटर ब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

२८ दिन देखी धर्नामा बसेका मिटर ब्याज पीडितलाई भेट्नका लागि हिजो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेका थिए । उनले मिटर ब्याज पीडितहरूको माग राजनीतिक रूपमा सम्बोधन गर्न सुझाव दिएका छन् ।

‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरुन्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेट पछि भट्टराईको सुझाव छ ।

मिटर ब्याज पीडितहरूले आफूहरूलाई सरकारले बेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईसमक्ष गरेका थिए ।

उनीहरू गत चैत २९ गते काठमाडौंमा आई धर्ना सुरु गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *