निरा पाण्डेको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु) – Nepal Press

निरा पाण्डेको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा आफ्नै भाँडा पसलमा हत्या गरिएकी निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।

आज पाण्डेका आफन्त, नागरिक समाज र अभियन्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले खुनको बदला खुन जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

३५ वर्षीया पाण्ड वैशाख ७ गते मातातीर्थ औंसीका दिन आफ्नै भाँडा पसलमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । पसलमा आइपुगेका व्यक्तिले देखेपछि उक्त घटना सार्वजनिक भएको थियो ।

प्रहरीले हालसम्म घटनामा संलग्नलाई पहिचान गर्न सकेको छैन । केन्द्रीय अनुसन्धान ब्यूरोले समिति गठन गरी छानबिन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर