तोलामा तीन सयले बढ्यो सुन मूल्य – Nepal Press

तोलामा तीन सयले बढ्यो सुन मूल्य

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मुल्य तोलामा तीन सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपेयाँ कायम भएको छ ।

अघिल्लो तीन दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै तेजाबी सुन पनि बढेर १ लाख ९ हजार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *