उम्मेदवारी मनोनयन दर्ता : कांग्रेसका महामन्त्री थापा तनहुँ, विश्वप्रकाश चितवन पुग्ने – Nepal Press

उम्मेदवारी मनोनयन दर्ता : कांग्रेसका महामन्त्री थापा तनहुँ, विश्वप्रकाश चितवन पुग्ने

काठमाडौं । आज हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहुँ–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।

कांग्रेसले तनहुँ–१ मा गोविन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर