लिखुका अग्निपीडित चन्द्रबहादुर गुरुङलाई जुट्यो आर्थिक सहयोग – Nepal Press

लिखुका अग्निपीडित चन्द्रबहादुर गुरुङलाई जुट्यो आर्थिक सहयोग

काठमाडौं । ओखलढुंगाको लिखु गाउपालिका वडा नम्बर ७ का अग्नि पीडित चन्द्रबहादुर गुरुङको परिवारलाई स्थानीय युवाहरुको पहलमा आर्थिक सहयोग जुटाइएको छ ।

गत फागुन २६ गते घर जलेर नष्ट भएपछि अलपत्र परेका गुरुङ परिवारलाई तत्काल पुनस्र्थापनाका लागि गाउँका युवाहरुको पहलमा आर्थिक संकलन गरे ३ लाख ३० हजार ५ सय १८ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।

काठमाडौंलगायत विभिन्न पेशा व्यवसायमा संलग्न लिखुका युवाहरुले संकलन गरेको रकम चन्द्रबहादुरका छोरा अम्बर गुरुङलाई हस्तान्तरण गरिएको सो अभियानका अगुवा विजय बस्नेतले जानकारी दिए ।

स्थानीय युवाहरु टेकबहादुर बस्नेत, विजय बस्नेत, दिपक श्रेष्ठ, युवराज थापा, रमेश बस्नेत र सुरज बस्नेतले पीडितका लागि सहयोग संकलन अभियान चलाएका थिए ।

सो अभियानलाई सबैभन्दा बढी २५ हजार रकम पोकलीका मिलन विष्टले सहयोग गरेका छन् । जम्मा ८३ जनाले अभियानमा सघाएको बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *