रामचन्द्र पौडेलले लिए राष्ट्रपतिकाे शपथ (तस्बिर/ भिडिओ) – Nepal Press

रामचन्द्र पौडेलले लिए राष्ट्रपतिकाे शपथ (तस्बिर/ भिडिओ)

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नेछन् ।

शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका शीर्ष दलका नेताहरु सहभागी थिए ।

 

     


प्रतिक्रिया

One thought on “रामचन्द्र पौडेलले लिए राष्ट्रपतिकाे शपथ (तस्बिर/ भिडिओ)

  1. सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल ज्यु लाई सफल कार्याकालको बधाई तथा शुभकामना , निवर्तमान हुनुभएकोमा निवर्तमान सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू पनि देशको माटाको रक्षागरी जस्तै नागरिकता विधेयक रोकी राष्ट्रको पक्षमा गर्नुभएको कामलाई सलाम छ अब बाकी जीवन पनि सामाजिक कार्यमा लगाउनु होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर