सांसद असिम शाहको प्रश्न- ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन ? (भिडिओ) – Nepal Press

सांसद असिम शाहको प्रश्न- ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन भन्दै प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले समयमा‌ लाइसेन्स दिन नसकेकोमा आपत्ति जनाए ।

उनले भने, ‘सरकारले केही समयअघि सञ्चालनमा ल्याएको नागरिक एपबाट लाइसेन्ससम्बन्धी जानकारी हेर्न सकिन्छ । तर, विडम्बना यसै एपलाई ट्राफिक प्रहरीले चिन्दैन । सरकारले समयमा‌ लाइसेन्स दिन पनि सकेको छैन ।’

लाइसेन्स छपाइको‌ लागि अर्बौं रकम खर्च भइरहेको बेलामा नागरिक एपलाई ट्राफिक प्रहरीसँग समन्वय गर्न सके जनताको सास्ती हटाएर पैसा पनि बचाउन सकिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर