सुदूरपश्चिमका मुख्यमन्त्री शाह र नागरिक उन्मुक्तिका अध्यक्ष श्रेष्ठबीच ‘वान टू वान’ वार्ता – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र नागरिक उन्मुक्तिका अध्यक्ष श्रेष्ठबीच ‘वान टू वान’ वार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ ।

कैलालीको टीकापुरमा रहेको होटल सिद्धार्थमा उनीहरूबिच ‘वान टू वान’ वार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषय र सुदूरपश्चिमको नवगठित सरकारका विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रदेशमा ७ सांसद रहेको उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । शुक्रवार मात्रै कांग्रेसका शाह मुख्यमन्त्री बनेका थिए ।

शाह बिहानै कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुरमा रेशमको घर पुगेर आमा सुल्फी देवी चौधरीलाई भेट्दै उनको रिहाइका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *