कर्णालीका अर्थमन्त्री शाहद्वारा रंगशालाको अनुगमन – Nepal Press

कर्णालीका अर्थमन्त्री शाहद्वारा रंगशालाको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले निर्माणाधीन प्रदेश रंगशालाको अनुगमन गरेका छन् ।

शनिवार शाहले कर्णाली प्रदेशले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको रंगशालाको अनुगमन गरेका हुन् ।

उक्त रंगशालाको अनुगमन गर्दै मन्त्री शाहले तोकिएकै समयमा रंगशाला निर्माणको काम सक्नेगर लाग्नुपर्ने सुझाव दिएका छन् ।

उनले रंगशालाका लागि बजेटको अभाव हुन नदिने गरी प्रदेश सरकार अग्रसर भएर लागि पर्ने बताए ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको रंगशालामा हालसम्म करिब ३३ प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त रंगशाला १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत निर्माण हुँदैछ ।

निर्माण जिम्मा एमएसीजिएसएल कम्पनीले लिएको छ । रंगशालामा १० हजार दर्शक अट्ने क्षमता रहेको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जालले जानकारी दिए ।

१० हजार दर्शक अट्ने क्षमता छ। भने निर्माणको जिम्मा एमएसी–जिएसएल कम्पनीले लिएको छ।

हालसम्म फुटबल मैदान, कबर्ड हल, भिआइपी प्यारापिट, स्वीमिङ पुलको ढलानलगायत अन्य भौतिक संरचनाका कामहरु भइरहेका छन् ।

जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन् ।

२०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासमेत गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर