प्रदेश १ उपसभामुखमा एमालेबाट सिर्जना दनुवार, लीला कांग्रेस र एसकाे संयुक्त उम्मेदवार – Nepal Press

प्रदेश १ उपसभामुखमा एमालेबाट सिर्जना दनुवार, लीला कांग्रेस र एसकाे संयुक्त उम्मेदवार

विराटनगर । प्रदेश १ को उपसभामुखमा निर्वाचनमा २ जनाको मनोनयन दर्ता भएको छ । सत्ता साझेदार दलका तर्फबाट एमालेकी सिर्जना दनुवार उपसभामुखको उम्मेदवाार बनेकी छन् ।

कांग्रेस र एकीकृत समाजवादीले भने लीला राईले मनोनयन दर्ता गरेकी छन् । एमालेकी सिर्जना दनुवारलाई एमालेका ४०, माओवादी केन्द्रका १३ राप्रपा र जसपाका १ जना गरिब ६० जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

त्यस्तै, राईलाई भने कांग्रेसका २९ र समजवादीका ४ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । दुवैजना उदयपुरबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएका हुन ।

प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले उपसभामुखको निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि तोकेका छन् ।

सभामुख गौतमले उपभामुखको निर्वाचनको कार्यसूची सार्वजनिक गर्न प्रदेशसभा सचिबलाई निर्देशन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर