नेपाल भित्रिए नवनियुक्त चिनियाँ राजदूत छन् सोङ (भिडिओ) – Nepal Press

नेपाल भित्रिए नवनियुक्त चिनियाँ राजदूत छन् सोङ (भिडिओ)

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार नेपाल आएका छन् ।

यसअघिकी राजदूत होउ यान्छीको कार्यकाल सकेर फर्किसकेकी छन् । नयाँ राजदूत जिम्मेवारी सम्हाल्न आज बिहान आएका हुन् ।

नवनियुक्त राजदूत सोङ केही दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ ।

सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *