रवीनाले सार्वजनिक गरिन् प्रेमीको तस्बिर – Nepal Press

रवीनाले सार्वजनिक गरिन् प्रेमीको तस्बिर

काठमाडौं । सेलिब्रेटी बैंकरका रूपमा चर्चा कमाएका रवीना देशराज श्रेष्ठले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन् । उनले इन्स्टामार्फत् आफ्नो प्रेमी खुलाएकी हुन् ।

उनले दुईजनाको सँगैको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खा र ब्रह्माण्डको आशीर्वादले मैले दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’

रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्याप्म्यानको इन्स्टाग्राममा मेन्सन गर्दै ‘आई लभ यू’ लेखेकी छन् ।

उनले आफूले यतिका वर्ष प्रार्थना गरेको व्यक्ति उनी नै भएको पनि उल्लेख गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *