सरकार गठनबारे बहादुर लामा भन्छन्- राजनीतिमा असम्भव भन्ने हुँदैन(भिडिओ) – Nepal Press

सरकार गठनबारे बहादुर लामा भन्छन्- राजनीतिमा असम्भव भन्ने हुँदैन(भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं वागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले राजनीतिमा असम्भव भन्ने केही नभएको बताएका छन् ।

दलको नेतामा निर्वाचित भएपछि उनले सरकार गठनका लागि जोडघटाउको कुरा हुने भएकाले असम्भव भन्ने केही नहुने बताए ।

उनले भने, ‘केन्द्रीय प्रभाव प्रदेशमा हुँदैन । यहाँ सांसदको स्वविवेकको कुरा पनि हुन्छ। त्यही अनुसार दलको नेताको रुपमा मलाई निर्वाचित गर्नुभएको छ । त्यो प्रक्रियालाई नौलो मान्नु पर्दैन ।’

आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न नसकेपनि जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने उनले बताए ।

उनले भने, ‘हामी विरोधका लागि विरोध गर्दैनौँ । सरकारले जनतालाई कुण्ठित बनाउने विधेयक ल्यायो भने त्यसको विरोध गछौं । राम्रा काममा सहयोग हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर