महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत – Nepal Press

महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ताबाट राजीनामा दिएका खम्म बहादुर खातीको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि नै लागू हुनेगरी खातीको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था छ ।


प्रतिक्रिया

One thought on “महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर