नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय – Nepal Press

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेकाे हाे ।

सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयकाे टुंगाे गठबन्धन बैठकपछि हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर