दलको नेताका लागि कांग्रेसको मनोनयन (तस्बिरहरू) – Nepal Press

दलको नेताका लागि कांग्रेसको मनोनयन (तस्बिरहरू)

देउवाको प्रस्तावकमा रामचन्द्र, गगनकोमा शेखर

काठमाडौं । दलको नेता छान्न नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरूको चहलपहल सुरू भएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा चुनावी प्रक्रियाका लागि २ बजेबाट मनोनयन सुरू भएको छ । मनोनयन प्रक्रिया ३ बजेसम्म चल्नेछ । संस्थापनबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापाले मनोनयन दर्ता गर्दैछन् । देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र गगनकोमा शेखर कोइराला रहेका छन् ।.

संसदीय दलको नेता छान्न बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिक ३२ गरी कांग्रेसको कुल ८९ सीट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर