सभापतिज्यूले बैकल्पिक नामलाई प्रस्ताव गर्नुहुनेछ भन्ने अपेक्षा छ: विश्वप्रकाश शर्मा – Nepal Press

सभापतिज्यूले बैकल्पिक नामलाई प्रस्ताव गर्नुहुनेछ भन्ने अपेक्षा छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेताका लागि महामन्त्री गगन थापालाई मत दिन अपील गरेका छन् । संसदीय दलको उम्मेदवारी दिने तयारी गरेका थापालाई महामन्त्री शर्माले संस्थापन इतरको बैठकमा पुगेर गगन थापाका लागि मत मागेका हुन् ।

देशको नेतृत्व गर्ने गरी थापालाई संसदीय दलको नेतामा मत दिन अपील गरे । ‘गगन थापा संसदीय दलका उम्मेदवारी बन्दै गर्दा प्रतिस्पर्धाबाट आउने परिणाम के आशा र अपेक्षा गरिरहेको छु भने गणितको चर्चा बहुमत र अल्पमतको हुन्छ । त्यही भएर सबैले देशको नेतृत्व गर्ने गरी गगन थापालाई संसदीय दलको नेतामा मत दिन आग्रह गर्छु ।’

उनले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलमा अरु कसैलाई प्रस्ताव अपेक्षा गरे । उनले भने,‘उम्मेदवारी दर्ता गर्ने क्षण सम्म पुग्दै गर्दा माननिय प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै बैकल्पिक नामलाई प्रस्ताव गर्नुहुनेछ भन्ने अपेक्षा छ । तर त्यसो हुन पाएन भने पनि अहिले स्वच्छ अभ्यास हुन्छ ।’

नेपाली कांग्रेस एक ढिक्का भएर उभिएर अहिलेको गठबन्धनलाई सफल बनाउन सुझाव दिए । शर्माले भने,‘जनताले मत दिँदै गर्दा जुन मत दिएर त्यो गठबन्धनलाई दायाँ बायाँ हुन नदिन जनताको माझमा जाँदा एउटा गठबन्धन प्रस्ताव राखेर जाने सरकार बनाउने बेला अन्त कतै नअल्मलिन एक ठाउँ उभिएर देशको गरिमामय पद राष्ट्रपति, समामुख पदका लागि जानुपर्छ ।’

गगन थापालाई समर्थन गर्न बैठकमा पुगेका शर्मालाईउपस्थित नेताहरुले ताली बजाएर स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर