देउवाविरुद्ध गगन लड्ने निश्चित, शेखरले प्रस्ताव गर्ने – Nepal Press

देउवाविरुद्ध गगन लड्ने निश्चित, शेखरले प्रस्ताव गर्ने

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवविरुद्ध महामन्त्री गगन थापा लड्ने भएका छन् । भावी प्रधानमन्त्रीमा थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।

काठमाडौंको एक होटलमा आज बसेको बैठकले गगनलाई दलका नेताका रूपमा अगाडि बढाउने सहमति गरेको हो । कोइरालाले पनि यसअघि दाबी गर्दै आएका थिए । इतरसमूहमा लामाे प्रयासपछि थापाकाे नाममा सहमति जुटेकाे हाे ।

इतर समूहले अहिले आफ्नो पक्षका सांसदहरूसँग सामूहिक छलफल गर्दै छ ।

कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोलि निर्वाचन हुनेछ । संस्थापन पक्षबाट देउवाले नै आकांक्षा उम्मेदवार हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर