देउवाविरुद्ध लड्न शेखरले गगनलाई वाकओभर दिने संकेत, दुवै नेता निर्णायक छलफलमा – Nepal Press

देउवाविरुद्ध लड्न शेखरले गगनलाई वाकओभर दिने संकेत, दुवै नेता निर्णायक छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट भावि प्रधानमन्त्रीमा गगन थापा साझा उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

उक्त समूहका नेता शेखर कोइरालाले संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने संकेत गरेका छन् ।

आज बसेको गुट बैठकमा कोइरालाले त्यस्तो संकेत गरेका हुन् । यद्यपि, अन्तिम निस्कर्षमा पुग्न बाँकी छ ।

संसदीय दल निर्वाचनअघि दुवै नेता निर्णायक छलफलमा बस्ने भएका छन् । आज बिहान पनि शेखर र गगन छुट्टै वैठक बसेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो समूहका नेता संजय गौतमले टिमलाई कोइरालाको नेतृत्वमा इन्ट्याक्ट राख्ने र मिलेर जाने विषयमा सहमति बनेको बताए ।

उनले दुवै नेता एक्ला एक्लै वैठकमा बसेपछि सुखद सन्देश आउने पनि उल्लेख गरे । ‘उहाँहरुमध्ये जो भएपनि हामीलाई स्वीकार्य छ, गाैतमले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर