विश्वकप फाइनल: मेसीकाे गाेलमा अर्जेन्टिनालाई अग्रता – Nepal Press

विश्वकप फाइनल: मेसीकाे गाेलमा अर्जेन्टिनालाई अग्रता

कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् ।

लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुन्दर गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर