संसदीय दलको नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति – Nepal Press

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।

सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।

निर्वाचनको मिति भने चयन गरिएको छैन । तर, प्रवक्ता डा. प्रकाशशरण महतले ढिलोमा बुधबारसम्म दलको नेता चयनको प्रक्रिया टुंगिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर