कांग्रेसका दुई केन्द्रीय सदस्य र मेयरलाई निष्कासन गर्न सिफारिस, चुनावमा अन्तर्घात गरेको दावी – Nepal Press

कांग्रेसका दुई केन्द्रीय सदस्य र मेयरलाई निष्कासन गर्न सिफारिस, चुनावमा अन्तर्घात गरेको दावी

काठमाडौं । प्रतिनिधिसभाकाे निर्वाचनमा अन्तर्घात गरेकाे आराेपमा कांग्रेसले दुई केन्द्रीय सदस्यलाई निष्काशन गरेकाे छ।

शनिबार जिल्ला समिति काभ्रेको बैठकले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेकाे हाे।

जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेलले पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरी असहयोग यथेष्ट आधार प्राप्त भएका कारबाही गरेकाे उल्लेख गरेका छन्।

यतै बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधीसभा सदस्यलाई ३ हजार १५५ मत कम आउनुको कारण बारे प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिसँग स्पष्टीकरण समेत माग गरेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर