राष्ट्रपतिका विषयमा कांग्रेस कसैसँग सम्झौता गर्न सक्दैन : उपसभापति खड्का – Nepal Press

राष्ट्रपतिका विषयमा कांग्रेस कसैसँग सम्झौता गर्न सक्दैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा नेपाली कांग्रेस कसैसँग सम्झौता नगर्ने  र गर्न नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन् ।

खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।

केही दिन यता नयाँ राष्ट्रपतिका विषय विभिन्न व्यक्तिले दौडधुप बढाइरहेका समाचारहरु बाहिर आइरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर