विश्वकपः पोल्यान्डले साउदीअरबलाई हरायो – Nepal Press

विश्वकपः पोल्यान्डले साउदीअरबलाई हरायो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा पोल्यान्डले साउदीअरबलाई २–० गोलको नतिजामा पराजित गर्दै पहिलो जित निकालेको छ ।

एजुकेसन सिटी पार्क स्टेडिएममा सम्पन्न खेलमा पोल्यान्लाई जित दिलाउन पिओटर जेलिन्सकी र रोवेर्टो लेवान्डोवस्कीले गोल गरे ।

खेलको ३९औं मिनेटमा पिओटर जेलिन्सकीको गोलमो पोल्यान्डले अग्रता लिएको थियो ।

साउदीअरबले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काउने उत्कृष्ट अवसर खेर फालेको थियो । पोल्यान्डका मिडफिल्डर क्रिस्टियन बेइलिकले बक्सभित्र साउदीका स्ट्राइकर सली अलसेहेरीलाई फाउल गरेपछि पेनाल्टी पाएको थियो । सालिम अलदावासरीले हानेको पेनाल्टी पोनल्यान्डका गालकिपरले उत्कृष्ट बचाउ गरेसँगै साउदी बराबरी गोल गर्नबाट चुकेको हो ।

पहिलो हाफमै १–० को अग्रता लिएको पोल्यान्डका लागि कप्तान लेवान्डोवस्कीले ८२औं मिनेटमा दोस्रो गोल गरे । यो लेवान्डोवस्कीको पहिलो विश्वकप गोल हो ।

हार बेहोरेसँगै साउदीअरबले एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्ने अवसर गुमाएको छ । पहिलो खेलमा साउदीअरबले अर्जेन्टीनालाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । यस्तै, पोल्यान्ड र म्याक्सिकोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

समूह‘सी’ अन्तर्गत आजै हुने दोस्रो खेलमा अर्जेज्टिना र मेक्सिको भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर