विश्वकप: इक्वेडर र नेदरल्यान्ड्सले अंक बाँडे – Nepal Press

विश्वकप: इक्वेडर र नेदरल्यान्ड्सले अंक बाँडे

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ए’मा इक्वेडर र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा एक खेल अगावै नकआउट चरण पुग्ने अवसर खेर फालेको हो ।

खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गरेको गोलसँगै डच टिमले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले ४९औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

इक्वेडरले उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोलको नतिजामा पराजित गरेको थियो । नेदरल्यान्ड्सले अफ्रिकी च्याम्पियन सेनेगललाई सोही स्कोरलाइनलमा हराएको थियो ।

कतारविरुद्ध दुई गोल गरेका इक्वेडरका ३० वर्षीय फरवार्ड भ्यालेन्सिया सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । इक्वेडरले विश्कपमा गरेका पछिल्ला ६ गोल उनकै नाममा छन् ।

ब्राजिलमा भएको विश्वकप २०१४ को समूह चरणमा उनले होन्डुरसविरुद्ध २ र स्विट्जरल्यान्डविरुद्ध १ गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर