विश्वकपः नेइमारले समूह चरणका बाँकी खेल गुमाउने – Nepal Press

विश्वकपः नेइमारले समूह चरणका बाँकी खेल गुमाउने

काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमारले चोटका कारण कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणका बाँकी खेल गुमाउने भएका छन् ।

बिहीबार राति सर्बियाविरुद्ध ब्राजिलले २-० गोलको नतिजामा जित निकालेको खेलमा सर्बियन खेलाडी निकोला मिलेनकोभिकले ट्याकल गर्दा खुट्टामा चोट लागेका कारण नेइमार मैदानमै लडेका थिए । त्यसपछि उनलाई खेलको ८० औं मिनेटमा सब्सिट्युट गरिएको थियो ।

विश्वकपको पहिलो खेलमै चोट बोकेका नेइमार खेलपछि सुनिएको खुट्टाको फोटो विभिन्न अन्तर्राष्ट्रिय मिडियामा भाइरल भएको थियो । तर उनले बाँकी खेल खेल्छन् खेल्दैनन् भन्ने निश्चित भने थिएन ।

शुक्रबार एमआरआई गरेपछि उनले समूह चरणका बाँकी खेल गुमाउने पक्का भएको ब्राजिलियन चिकित्साकले बताएका छन् ।

ब्राजिलले समूह‘जी’ अन्तर्गत आफ्नो दोेस्रो खेलमा सोमबार स्विजरल्यान्डको सामना गर्दैछ । यस्तै अन्तिम खेलमा शुक्रबार क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा सबिर्याविरुद्ध जित निकाल्दा ब्राजिलका लागि रिर्चालिसन एक्लैले दुुई गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर