धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित – Nepal Press

धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो निर्वाचित भएकी छन् ।

जसपासंग गठबन्धन गरेको एमालेकी उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरिन् ।

महतोले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुंदा सत्ता गठबन्धनका उम्मेदवार झा २३ हजार ६८६ मा रोकिए ।

०७४ मा यो क्षेत्रबाट लोसपाका राजेन्द्र महतो विजयी भएका थिए । उनी सर्लाहीबाट चुनाव लडेपछि झा यो क्षेत्र रोजेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *