अग्रता बढाउँदै गोकुल बास्कोटा, काभ्रे १ पनि एमालेका रेशम लामा अगाडि – Nepal Press

अग्रता बढाउँदै गोकुल बास्कोटा, काभ्रे १ पनि एमालेका रेशम लामा अगाडि

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गठबन्धनका उम्मेदवार शिव हुमागाईलाई पछि पार्दै अग्रता बढाएका छन् । सुरूदेखि नै गणनामा पछि परेका बास्कोटाले अहिले १५ सयभन्दा माथिको अग्रता लिएका छन् ।

काभ्रे २ को अहिलेसम्मको गणना अनुसार गोकुल बास्कोटा २७ हजार १८२ मतसहित अग्रस्थानमा छन् भने गठबन्धनका उम्मेदवा नेपाली कांग्रेसका हुमागाई २५ हजार ६४९ मतसहित पछ्याइरहेका छन् ।

यहाँ स्वतन्त्र पार्टीका उम्मेदवारले ६ हजार ५०३ मत पाएका छन् । उता क्षेत्र नम्बर १ मा पनि नेकपा एमालेका रेशम लामाले २७ सय मतको अग्रता लिएका छन् । पछिल्लो गणनाअनुसार रेशमले १२ हजार २३८ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङले ९ हजार ४५७ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *