कैलाली ४ मा लेखराज भट्ट एक हजारभन्दा बढी मतले पछाडि – Nepal Press

कैलाली ४ मा लेखराज भट्ट एक हजारभन्दा बढी मतले पछाडि

कैलाली । कैलाली ४ मा नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट पछि परेका छन् ।

३७ हजार ५३३ मत गणना हुँदा भट्ट हजारभन्दा बढी मतले पछि परेका हुन् । भट्टको १४ हजार १९६ मत हुँदा कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले १५ हजार ४६० मत पाएका छन् । दुवैको मतान्तर १ हजार २६४ छ ।

अघिल्लो पटक यो क्षेत्रबाट भट्ट निर्वाचित भएका थिए । बलायर अघिल्लो पटक डोटीमा पराजित थिए । सत्ता गठबन्धनमा डोटी नेकपा एकीकृत समाजवादीलाई भाग परेपछि बलायर कैलाली ४ झरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *