दाङ २ मा गणना सुचारु – Nepal Press

दाङ २ मा गणना सुचारु

रुपन्देही । मतगणनाको समयमा ८८ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि रोकिएको दाङ क्षेत्र नम्बर २ को मतगणना निर्वाचन आयोगको समन्वयमा बदर गर्ने निर्णयसहित पुनः सुचारु भएको छ ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरी पुनः मतगणना सुरु गरिएको र मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने बताए ।

माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएका थिए ।

मतगणना स्थलमा रहेका राजनीतिक दलले आवाज उठाएपछि केही समय मतगणना रोकिएको थियो । एमाले महासचिव शंकर पोखरेल र माओवादी नेतृ रेखा शर्माको प्रतिस्पर्धा रहेको यो क्षेत्रमा अहिलेसम्म नेतृ शर्माले निरन्तर अग्रता लिएकी छन् । पोखरेलले ५ हजार ९३९ मत ल्याउँदा शर्माले ७ हजार ५११ मत ल्याएर अग्रता कायम राखेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *