काठमाडौं २ मा घण्टीको अग्रता कायमै, एमाले र गठबन्धनलाई राप्रपाले उछिन्यो – Nepal Press

काठमाडौं २ मा घण्टीको अग्रता कायमै, एमाले र गठबन्धनलाई राप्रपाले उछिन्यो

काठमाडौं । काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले सुरुवाती चरणदेखि नै अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले ५ हजार ३३२ मत ल्याएकी छन्।

दोस्रो स्थानमा राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल रहेकी छन्। उनले ३ हजार ७६९ ल्याएकी छन्।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३ हजार ७१ मत ल्याएका छन्। भने सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले २ हजार ८१६ मत ल्याएर चौथो स्थानमा छिन्।

। यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *