काठमाडौं-९ मा कृष्णगोपाल निरन्तर अगाडि, अरुको कति ? – Nepal Press

काठमाडौं-९ मा कृष्णगोपाल निरन्तर अगाडि, अरुको कति ?

काठमाडौं । काठमाडौं- ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठले निरन्तर लिड गरेका छन् ।

३५६९५ मत गन्दा एमालेका कृष्णगोपाल श्रेष्ठले १००२० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मतका साथ दोस्रो स्थानमा छन् ।

उनी श्रेष्ठसँग १२९५ मतले पछि छन् । यस्तै माओवादीकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत पाएकी छन् । राप्रपाका देवेन्द्र प्रधानले ३५६१ ले मत पाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा ७२ हजार १७३ मतदाता रहेकोमा ४३ हजार ६७ मत मात्रै झरेको थियो । अब ७ हजार ३७२ मत गन्न बाँकी छ ।

एमालेले सुरुदेखि अहिलेसम्म लिड गरिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *