पाल्पा २- सोमप्रसादलाई पछाडि पार्दै ठाकुर गैरेकाे अग्रता – Nepal Press

पाल्पा २- सोमप्रसादलाई पछाडि पार्दै ठाकुर गैरेकाे अग्रता

रुपन्देही । पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

सुरुवाती गणनामा पछाडि रहेका गैरेले अग्रता लिँदै क्रमशः मतान्तर बढाउँदै लगेका हुन् । ०५१ सालदेखि सो क्षेत्रमा लगातार लड्दै आएका नेता पाण्डे अहिले सत्तारुढ दलको साझा उम्मेदार बनेका छन् । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार गैरेले ३०९४ मत ल्याउँदा पाण्डेले २४२६ मत ल्याएका छन् ।

लामो समय एमालेमा एउटै खेमामा रहेका दुई नेताहरु अहिले प्रतिस्पर्धामा रहेको, गठबन्धन दलको मत संख्या धेरै भएपनि युवा पिँढीले गैरेलाई समर्थन गरेकाले यहाँको चुनावी नतिजा पेचिलो बनेको हो । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमालेको मत कम रहेपनि गठबन्धनका कारण पाण्डेलाई मत कम आउने आंकलन एमालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *