प्रदेश १ का २४ क्षेत्रमा गणना जारी हुँदा एमाले अगाडि, कुन दलको कहाँ-कहाँ लिड ? – Nepal Press

प्रदेश १ का २४ क्षेत्रमा गणना जारी हुँदा एमाले अगाडि, कुन दलको कहाँ-कहाँ लिड ?

विराटनगर । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये २४ वटामा गणना जारी छ । अहिलेसम्म सार्वजनिक परिणामअनुसार १० क्षेत्रमा एमालेले अग्रता लिएको छ ।

नेपाली कांग्रेसले ६ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दा माओवादीले भने ३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीले २/२ ठाउँमा अग्रता कायम राखेका छन् । एमालेका बागी उम्मेदवारले पनि एक स्थानमा अग्रता कायम गरेका छन् ।

एमालेले झापा २, ४ र ५, मोरङको १ र २, इलामका दुवै क्षेत्रमा अग्रता कायम गरेको छ । यस्तै पाँचथर, धनकुटा, र उदयपुर २ मा पनि सुरूवाती अग्रता छ ।

कांग्रेसले मोरङ ३ र ६, सुनसरी ४, झापा १, उदयपुर १ र ओखलढुंगामा सुरूवाती अग्रता लिएको छ ।

मोरङ ४, भोजपुर र खोटाङमा माओवादी अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीको २ र ३ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने राप्रपा झापा ३ र सुनसरी १ मा अग्रस्थानमा छ ।

एमालेबाट टिकट नपाएपछि बागी उठेका योगेन्द्र मण्डलले मोरङ ५ मा अग्रता कायमै राखेका छन् ।

संखुवासभा, ताप्लेजुङ, तेह्रथुम र सोलुखुम्बुमा मतगणना सुरू भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *