सिन्धुपाल्चोकमा नेपाल र बस्नेतको अग्रता – Nepal Press

सिन्धुपाल्चोकमा नेपाल र बस्नेतको अग्रता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेदवार सरेश नेपाल र नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् ।

क्षेत्र नम्बर १ को भोटेकोशी गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । हालसम्म एमाले उम्मेदवार सरेश नेपालले २ हजार ६२१ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उमेदवार माधव सापकोटाले २हजार २८५ मत प्राप्त गरेका छन् । भोटेकोशी गाउँपालिकाको मतगणना सकिदा माओवादी उम्मेदवार सापकोटा ३ सय ३६ मत ले पछि परेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले एमाले उमेदवार शेरबहादुर तामाङ लाई पछि पारेका छन् । बस्नेतले ३ हजार १७५ मत ल्याउँदा तामाङ ले १८ सय ७५ मत प्राप्त गरेका छन् । इन्द्रावती गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । बस्नेत तामाङ भन्दा १३ सय मत ले पछि परेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ प्रदेश सभा १ मा माओवादी उम्मेदवार युवराज दुलाल अगाडि छन् । दुलालले ३ हजार ५३ मत पाउदा एमाले उम्मेदवार अमान सिं तामाङ ले १८ सय ३३ मत प्राप्त गरेका छन् । दुलाल १२ सय २० मत ले अगाडि छन् ।

क्षेत्र नम्बर १ प्रदेश सभा १ मा नेपाली कांग्रेस की मसिना खडकाले २१ सय ३९ मत पाउदा एमाले उम्मेदवार युद्धविक्रम तामाङ(डिबी) ले १९ सय मत २१ प्राप्त गरेका छन् । खडका २१८ मत ले अगाडि देखिएको छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *