गठबन्धनमा १९ सीट पाएको नेकपा एसको ८ ठाउँमा अग्रता,केही क्षेत्रमा गणना बाँकी – Nepal Press

गठबन्धनमा १९ सीट पाएको नेकपा एसको ८ ठाउँमा अग्रता,केही क्षेत्रमा गणना बाँकी

काठमाडौं । सत्ता गठबन्धनमा १६५ मध्ये १९ सीट भाग पाएको नेकपा एसले आधा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । मत गणनाको प्रारम्भिक रुझान अनुसार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले रौतहट १ मा अग्रता लिएका छन् ।

तर सम्मानित नेता झलनाथ खनाल भने इलाम १ मा एमालेसँग पछि परेका छन् । उपाध्यक्ष राजेन्द्र पाण्डेले धादिङ १ बाट अग्रता लिएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले सल्यानमा अग्रता लिएका छन् ।

त्यस्तै सचिव मेटमणी चौधरीले दाङ १ मा अग्रता लिँदा विरोध खतिवडाले मकवानपुर २ मा अग्रता लिएका छन् । किसान श्रेष्ठले बारा ४,प्रेम आलेले डोटीमा अग्रता लिँदा श्रम मन्त्री शेरवहादुर कुँवरले अछाम १ मा अग्रता लिएका छन् ।

नेकपा एसले पाएको ललितपुर २ भने गुमाएको छ । त्यहाँ एमालेले विजय हासिल गरेको छ । उपमहासचिव जगन्नाथ खतिवडा,सचिव रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ मतगणनामा पछाडि छन् । त्यस्तै कास्की २ मा श्रीनाथ बराल चौथो स्थानमा छन् । दैलेख १ मा अम्बरवहादुर थापा झिनो मतले पछाडि छन् ।

पाल्पा २,बझाङ,सिरहा ४,डोल्पा लगायतका स्थानको मतविवरण आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *