मतगणनास्थलमा सरिता गिरीको धर्ना, वडा मिसाएर मत गन्नुपर्ने माग – Nepal Press

मतगणनास्थलमा सरिता गिरीको धर्ना, वडा मिसाएर मत गन्नुपर्ने माग

जनकपुरधाम । सिरहा क्षेत्र नम्बर १ को मतगणना प्रक्रियामा विवाद सृजना भएको छ । वडाअनुसार मतगणना गर्न खोजेको भन्दै स्वतन्त्र उम्मेदवार सरिता गिरी मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालय लहान अगाडि धर्ना बसेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयले निर्देशिकाबमोजिम मतगणना गर्न खोज्दा ठूला दलका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । त्यसपछि वडाअनुसार मतगणना गर्न सहमति बनेपछि स्वतन्त्र उम्मेदवार गिरी धर्ना बसेकी हुन् ।

उम्मेदवार गिरीले वडा अनुसार मतगणना गर्दा द्धन्द्ध फैलिने बताइन् ।

‘ठूला दलले राखेको अपेक्षा बमोजिम वडामा मत आएन भने उनीहरु बर्बाल गर्छन्’, उनले भनिन्, ‘सम्पूर्ण मतदाताको पनि अपमान पनि हुन्छन् । त्यसैले वडा अनुसार मतगणना गर्नु हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *