काठमाडौं १ मा प्रकाशमानको सुरूवाति अग्रता, रवीन्द्र मिश्र दोस्रो – Nepal Press

काठमाडौं १ मा प्रकाशमानको सुरूवाति अग्रता, रवीन्द्र मिश्र दोस्रो

काठमाडौं । काठमाडौं-१ को मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् ।

अहिलेसम्म ३१९६ भोट गणना भइसक्दा सिंहले ८१८ मतका साथ अग्रता कायम गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले दोस्रो स्थानमा रहेर उनलाई पछ्याएका छन् ।

उनले ७३६ मत ल्याएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको ५२६ छ ।  यस्तै, चौथो स्थानमा स्थानमा एमाले उम्मेदवार किरण पौडेलको ४९६ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *