रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु – Nepal Press

रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।

सर्बदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।

सो क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला र जसपाका ओमप्रकाश यादवबीच मुख्य प्रतिष्पर्धा छ ।

यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो । यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *