बैतडीमा जिप दुर्घटना: घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर आउँदै – Nepal Press

बैतडीमा जिप दुर्घटना: घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर आउँदै

बैतडी । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे ।

दुर्घटनामा परेर चार प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ’ ‘उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ’, ‘घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छाौं, सेनाको हेलिकप्टर आउँदैछ ।

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *