म्याग्दीमा गरे १०७ वर्षीय वृद्धले मतदान – Nepal Press

म्याग्दीमा गरे १०७ वर्षीय वृद्धले मतदान

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् ।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको ९क० मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए।

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *