आम चुनाव : ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा – Nepal Press

आम चुनाव : ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी गराइयो ।

मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान दिँदै सरकारले सतर्कता बढाएको हो ।

मतदानस्थललाई संवेदनशील, अतिसंवेदनशील मानेर वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइएको गृहले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गृहसचिव विनोदप्रकाश सिंहले साना हतियारको दुरुपयोग गरेर जोखिम उत्पन्न हुनसक्ने भएकाले जिल्ला प्रशासनमार्फत हातहतियार लिएको बताए ।

निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउनका लागि प्रजिअको अधिकार प्रत्यायोजन गरेर सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताए । उनीहरूले मौन अवधिमा आचारसंहिताको विषयलाई समेत अनुगमन गर्ने बताए ।

उनले निर्वाचनको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *