मुख्य निर्वाचन अधिकृतलाई अपशब्द प्रयोग गरेपछि मतदान अधिकृत बर्खास्त – Nepal Press

मुख्य निर्वाचन अधिकृतलाई अपशब्द प्रयोग गरेपछि मतदान अधिकृत बर्खास्त

रुपन्देही । मुख्य निर्वाचन अधिकृतलाई अपशब्द प्रयोग गरेपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ वाक्वाणी विद्यालयका मतदान अधिकृत पृथ्वीराज चौधरी बर्खास्त भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका चौधरीले मुख्य निर्वाचन अधिकृतलाई अपशब्द प्रयोग गरेपछि बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिएका छन् । यो क्षेत्र नं २ को १ अन्र्तगत पर्दछ ।

सूचना अधिकारी पाण्डेका अनुसार निर्वाचन सामग्री बुज्नेक्रममा मुख्य निर्वाचन अधिकृतसमक्ष अस्वाभाविक व्यवहार देखाएपछि बर्खास्त गरी नियन्त्रणमा लिइएको हो । उनको स्थानमा वैकल्पिक मतदान अधिकृतले खटाउने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

५६ वर्षीय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन् । निर्वाचन सामग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको डीएसपी भोजराज पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *