मतदान केन्द्रमा क्यामेरा वा मोबाइल लगे तत्काल जफत गरिने – Nepal Press

मतदान केन्द्रमा क्यामेरा वा मोबाइल लगे तत्काल जफत गरिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले फोटो खिच्ने क्यामेरा, मोबाइल, सलाई, लाइटर तथा अन्य निषेधित वस्तु लिन पाउनेछैनन् ।

आयोगका सहायक प्रवक्ता गुरुराज वाग्लेका अनुसार मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा निषेधित वस्तु लिई गएको पाइएमा प्रचलित कानूनबमोजिम तत्काल कारबाही गरिनछ । त्यस्तै सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने र उनलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिइने निर्णय भएको उनले जानकारी दिए ।

कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल आफ्नो साथमा लगे तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने आयोगले स्पष्ट पारेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९, निर्वाचन आचारसंहिता २०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने पनि आयोगले निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *