पुराना दलसँग रुष्ट मतदाता फकाउँदै सोबिताको घरदैलो, नीतिगत भ्रष्टाचार रोक्ने सङ्कल्प (भिडिओ) – Nepal Press

पुराना दलसँग रुष्ट मतदाता फकाउँदै सोबिताको घरदैलो, नीतिगत भ्रष्टाचार रोक्ने सङ्कल्प (भिडिओ)

काठमाडौं । वैकल्पिक शक्ति र राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा, नव गठित राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य रहेकी सोबिता गौतमले नीतिगत भ्रष्टाचार रोक्नका निमित्त आफ्नो उम्मेदवारी रहेको बताएकी छन् ।

चुनाव चिन्ह घण्टी बजाउँदै घर पुगेकी सोबिता भन्छिन्, ‘मलाई कानुनका छिद्र छिद्र थाह छ, कुन छिद्र प्रयोग गरेर नीतिगत भ्रष्टाचार गरिन्छ हाम्रो देशमा भन्ने थाह छ म त्यो नीतिगत भ्रष्टाचारलाई अत्यन्त्य गर्न राजनीतिमा आएकी हुँ।’

क्षेत्र नं २ अन्तरगत पर्ने नयाँ गाउँमा उनको घरदैलो पछ्याउँदै जाँदा पुराना राजनैतिक दलबाट असन्तुष्ट मतदाताको ‘भोट सिफ्ट’ गर्न गौतम लागि परेको देखिन्छ ।

गठबन्धनको तर्फबाट नेकपा माओवादीकी नेत्री तथा पूर्व सभामुख ओनसरी घर्तीमगर र नेकपा एमालेको तर्फबाट मणिराम फुयाँल जस्ता हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रेकी गौतमको एजेण्डा, भिजन, चुनावी माहौल लगायतका विषय समेटेर तयार पारिएको स्थलगत भिडिओ रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।

तस्बिर/भिडिओ : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *