पहिलो टेम्पो चालक महिला लक्ष्मी शर्माले ईश्वरलाई भनिन्- भोट तपाईंलाई नै, मतपत्र कतिवटा हुन्छन् ? – Nepal Press

पहिलो टेम्पो चालक महिला लक्ष्मी शर्माले ईश्वरलाई भनिन्- भोट तपाईंलाई नै, मतपत्र कतिवटा हुन्छन् ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पहिलो नेपाली महिला चालक लक्ष्मी शर्माले जितको शुभकामना दिएकी छन् ।

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेल प्रचारप्रसारका क्रममा शर्माको निवासमा पुगेका थिए ।

बसुन्धरास्थित शर्माको निवासमा पुगेका पोखरेललाई उनले स्वागत गरेकी थिइन् । शर्माले नेकपा एमालेको प्रशंसा गर्दै पोखरेललाई जितको शुभकामना प्रदान गरेकी हुन् ।

शर्माले पोखरेललाई पहिलो लोकप्रिय कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको उत्तराधिकारी भएर जनताको पक्षमा काम गर्ने सुझावसमेत दिइन् ।

‘मलाई एमाले र सूर्य चिन्ह भन्ने वित्तिकै मनमोहन (अधिकारी) वुवाको याद आउँछ, यस्तो असल इतिहास बोकेको पार्टी पो हो त एमाले त, बरु कति ओटा मतपत्र हुन्छन् अहिले साँच्चै ?’ उनले भनिन् ।

करिब ७४ वर्ष पुगेकी लक्ष्मीले पोखरेललाई भनिन्, ‘म जहाँ जहाँ सूर्य देख्छु त्यही भोट हाल्छु । मैले भनेर मान्ने सय डेढसय भोट होला । मैले बोलेको खण्डमा भोट झर्ने सबैलाई म सम्झाउँछु । उहाँहरुको वान हन्ड्रेड प्रसेन्ट भोट एमालेमा झर्छ, चिन्ता नगर्नु ।’
लक्ष्मीले आफ्नो अघात आस्था रहेको भन्दै आफूले एमालेलाई चिन्ने, सूर्यलाई चिन्ने बताइन् ।

त्यस्तै, गत निर्वाचन आफ्नै जेठी छोरी राप्रपाबाट निर्वाचन लडे पनि आफूले भने सूर्यमा नै घोट होलेको पनि शर्माले उल्लेख गरिन् । हालको सत्तारुढ गठबन्धनलाई जनतालाई नरुचाएको दाबी गर्दै एमालेको अहिले धेरै भोट झर्ने शर्माले विश्वाससमेत व्यक्त गरिन् ।

लक्ष्मी २०३८ सालमै सार्वजनिक यातायात चालक बनेर चर्चामा आएकी अगुवा हुन । १३ वर्षको कलिलो उमेरमा वैवाहिक सम्वन्धमा बाँधिएकी शर्मालाई श्रीमानले चरम मानसिक र शारीरिक यातना दिएपछि आफैंले केही गर्नुपर्छ भन्ने भावनाका साथ संघर्ष प्रारम्भ गरकी थिइन् । २०३८ सालमा उनले सापटी पैसा लिएर टेम्पो किनेर जमलदेखि महाराजगन्जसम्म आफैं हाँक्थिन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *