मंसिर ४ अघि नै एमालेमा फर्किन नेकपा एसका कार्यकर्तालाई ओलीको विशेष अफर – Nepal Press

मंसिर ४ अघि नै एमालेमा फर्किन नेकपा एसका कार्यकर्तालाई ओलीको विशेष अफर

ओली भन्छन्- विदेशीको आदेशमा चल्नेको हालत बाबुराम, लोसपा र माधव नेपालको जस्तो हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमालेमा फर्किनुको अर्थ नहुने भन्दै नेकपा एसका कार्यकर्तालाई मंसिर ४ अघि नै एमालेमा फर्किन आह्वान गरेका छन् ।

नेपाल प्रेससँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले चुनावअघि नै एमालेमा प्रवेश गर्नेहरूका लागि पार्टीले विशेष मूल्याङ्कन गर्ने समेत बताए ।

उनले चुनावमा काम नलाग्ने कार्यकर्ता र युद्धमा काम नलाग्ने सिपाहीको अर्थ नहुने समेत बताए ।

ओलीले माओवादी सिद्धिनुको विकल्प नरहेको बताए । एमालेमा विलय हुँदा माओवादीको सम्मानजनक विसर्जन हुने भए पनि त्यो मौका प्रचण्डले गुमाएको ओलीको तर्क छ ।

सत्ता गठबन्धनबाट जसपा बाहिरिने परिस्थितिमा भूराजनीतिले काम गरेको हुनसक्छ रु भन्ने नेपाल प्रेसको प्रश्नमा ओलीले अहिलेको गठबन्धन बाह्य शक्तिको लागि कम्फरटेबल भएकाले बाह्य म्यानेजमेन्टको विपक्षमा एमाले रहेको बताए ।

भारतले नरुचाएका पात्रहरू ओलीको नेतृत्वमा जम्मा भएको भन्ने प्रश्नमा उनले भने–विदेशीको आदेशमा चल्नेहरूको हालत के हुन्छ भन्ने कुरा बाबुराम भट्टराई,लोसपा र माधव नेपालको हालत हेरेर थाहा हुन्छ ।

ओलीसँगको विस्तृत र विशेष खुलासासहितको अन्तर्वार्ता आज साँझ ६ बजे नेपाल प्रेसमा प्रसारण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *